पोखरामा कालो धुवा फाल्दै हुँइकिने ११ वटा बस नियन्त्रणमा

पाेखरा | बैशाख २०, २०८१

पोखरामा कालो धुवा फाल्दै हुँइकिने ११ वटा बस नियन्त्रणमा

पोखरा:      जिल्ला ट्राफिक कार्यालय कास्कीले समयमा नै सवारी साधनहरुको सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको ११ वटा बसलाई नियन्त्रणमा लिएको छ । 


सवारी साधनहरुको समयमा नै सर्भिसिङ नगर्ने, सवारी साधनेको जाँचपास नगरेको कारण सवारी साधनबाट कालो धुवा फाल्ने सवारी साधनबाट उत्सर्जन प्रदुषणले वायु प्रदुषण गराउने जनगुनासोपछि ट्राफिक प्रहरीले अनुगमनपछि सर्भिसिङ समयमा नगर्ने र जाँचपास फेल भएका बस नियन्त्रणमा लिएको हो । 


ट्राफिक प्रहरीले पोखरा महानगर क्षेत्रभित्र चल्ने जाँचपास फेल भएका ९ वटा र जाँचपास नभएका २ वटा  सार्वजनिक बसलाई नियन्त्रणमा लिएको हो । 


यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीको सयुक्त रुपमा खटिएको टोलिले पोखरा महानगर–४ बिपीचोकमा घुम्ति प्रदुषण अनुगमन गर्दा ३५ मध्ये ३० वटा सवारी साधन मापदण्ड विपरित फेला भएको पाइएपछि कानूनी कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्